अलपत्र यात्रुसँग बिचौलियाको मोलमोलाइ– ट्रक भाडा बुटवलकोे १५ सय, धनगढीको २ हजार !

लोकान्तर

काठमाडौँ

सुशील पन्त

लकडाउन लम्बिएका कारण घर फर्किनेको लर्को लागेपछि कलंकीमा ट्रकमा प्यासेन्जर चढाएर रकम असुल्ने बिचौलिया र दलालको सक्रियता बढेको छ । पछिल्ला दिनमा अधिकांश यात्रु स्थानीय गाउँपालिका, नगरपालिका तथा नेता र सांसदले रिजर्भ गरेका गाडीमा फर्किरहेका छन् । 

रिजर्भ गाडीमा जान नपाएका अलपत्र यात्रु भने बिचौलियाको फन्दामा पर्न लागेका छन् । गाउँघर फर्किनेको लर्को लागेपछि कलंकी क्षेत्रमा अनावश्यक मान्छेको अस्वाभाविक चलखेल चलिरहेको थियो ।

प्रहरी देखेपछि भागिहाल्ने ८–१० जना युवा झोला बोकेका व्यक्तिसँग कुरा गरिरहेका थिए । उनीहरू थिए– गाउँ फर्किन चाहनेलाई ट्रकमा चढाएर कमिसन बटुल्ने बिचौलियाहरू । 

प्रकाशित मिति: : 2020-04-26 15:24:19

प्रतिकृया दिनुहोस्