'अध्ययनको प्रारम्भिक रिपोर्ट एक साताभित्रै आउँछ, त्यसपछि अर्को राहत घोषणा गर्छौं'

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कका गभर्नर हुन् । गत चैत २४ गते नेपाल सरकारबाट राष्ट्र बैङ्कको १७औं गभर्नरको रुपमा नियुक्त भएका अधिकारी राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरेर बाहिरिएको ४ वर्षपछि पुनः राष्ट्र बैङ्कमा फर्किएका हुन् ।

अधिकारी डेपुटी गभर्नर भएर बिदा हुने अन्तिम वर्ष अर्र्थात् २०७२ सालमा भूकम्पका कारण राष्ट्र बैङ्कले आफ्नो वार्षिकोत्सव कार्यक्रम स्थगित गरेको थियो । अहिले गभर्नर भएर आएपछिको वार्षिकोत्सवमा पनि समस्या भएको छ । कोरोनाभाइरसका कारण यो वार्षिकोत्सव पनि भौतिक उपस्थिति बिना नै मनाउने तयारी राष्ट्र बैङ्कले गरेको छ ।

नेपाल राष्ट्र बैङ्कले आफ्नो ६५ औँ वार्षिकोत्सव मनाउँदैछ । २०१२ सालमा स्थापित यो बैङ्कले ६५ वर्षको यो उमेरमा विभिन्न उतारचढावहरु झेलिसकेको छ । राजनीतिक रुपमा संमणकालीन समयमा स्थापना भएको बैङ्कले योबीचमा विभिन्न शासन व्यवस्था, आर्थिक अवस्था तथा प्राकृतिक तथा मानवीय प्रकोपहरुको समेत सामना गर्नुपर्यो । यसबीचमा पनि राष्ट्र बैङ्कले वित्तीय क्षेत्रको विकासका लागि अघि बढ्दै आएको अवस्था छ । यही क्रममा कोरोनाको महामारीमा हामी छौं । यो अवस्थाबाट अर्थतन्त्रलाई जोगाउन राष्ट्र बैङ्कको भूमिका झनै महत्त्वपूर्ण हुन्छ ।

प्रकाशित मिति: : 2020-04-26 15:02:21

प्रतिकृया दिनुहोस्