नेविसंघका पूर्वमहामन्त्री बैबाहिक जिवनमा बाँधिए, लकडाउनले बुबाआमा आउन पाएनन्

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल विद्यार्थी संघका (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दन काफ्ले बैबाहिक जिवनमा बाँधिएका छन्।

आइतबार अक्षय तृतीयाको साइतमा बाँसवारीस्थित गायत्री मन्दिर परिसरमा उनले मेनुका अधिकारीसँग बिबाह गरेका हुन्। अधिकारी व्यवासायी हुन्। 

लकडाउनको कारण बिवाहमा सिमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको थियो। अधिकारीकी बुबाआमा समेत बिवाहमा आउन पाएनन्।

प्रकाशित मिति: : 2020-04-26 13:01:04

प्रतिकृया दिनुहोस्