लकडाउनमा फाेनबाट स‌ंगीत सिकाउँदै दृष्टिबिहीन कलाकार

जीवन बनिया

काठमाडाै‌ं

देशमा लकडाउन सुरु भएकाे एक महिना पुरा भइसकेकाे छ। यस्ताे अवस्थामा अत्यास नलाग्ने कुरै भएन। तर विभिन्न क्षेत्रमा काम गर्ने नेपालीहरुले लकडाउनकाे बेला आफूलाई कसरी व्यस्त राख्ने भन्ने उपाय खाेजिरहेका छन्। यस्तै उपायकाे खाेजीमा थिए, दाेहाेरी साँझमा आफ्नाे सुमधुर आवाज पस्केर आफ्नाे परिवार पाल्ने कलाकारहरु। 

लकडाउन सुरु भएपछि जागिरबाट निकालिएका र काममा फर्किन नसकेका कलाकारले यति बेला घरमै बसेर विभिन्न उपायकाे खाेजि गरेका छन्। यस्ताे कलाकारकाे सूचीमा कृष्णभक्त राई अग्रपंक्तिमा छन्। ‘नमुछे आमा दहिमा टिका नछरे जमरा, दैवले गर्दा उठायो आमा आउँदिन फर्केर’ बोलको मार्मिक गीत पस्केर सबैमाझ लाेकप्रिय बनेका राई अहिले श्रीमती र दुई छोरासँग काठमाडाैंको काँडाघारीमा बसिरहेका छन्।  

उनकाे दैनिकी नै छोराहरुसँग खेलेर बित्छ। नयाँ गीत पनि धमाधम लेखिरहेका छन्। लकडाउन खुलेपछि पूर्वीय तथा पश्चिमेली लोक गीतमा आधारित उनी दुई वटा आधुनिक गीत निकाल्ने तयारीमा छन्। उनी साथीभाईसँग फाेन सम्पर्कमै रहेर कुराकानी गरिरहेका छन्। भन्छन्,‘कोरोनाबाट बच्न फोनबाट काम चलाइरहेकाे छु।’

राईकाे वास्तविक घर धनकुटा हाे। उनले ‘घर राम्रो चुनाले’  लगायत अन्य चर्चित गीत पनि गाएका छन्। हार्माेनियम, तबला, ढोलक, सारङ्गी, अक्टोप्याड ड्रम्सेट जस्ता २६ प्रकारका बाजा बजाउन माहिर मानिन्छन्। कणप्रिय आवाजका धनी उनले तीन दशक साङ्गेतिक क्षेत्रमा लागिरहँदा पनि लकडाउनकाे बेला राज्यले आफूजस्ता कलाकारलाई नहेरेकोमा गुनासो गरे।  

बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भने,‘पाँच किलाे राहतले के पुग्छ?’ लकडाउन भएपछि धमाधम दाेहरी साँझ बन्द भयाे। अर्की गायिका किशाेरा अर्याल झापास्थित बुद्ध शान्ति गाउँपालिका वडा न–७ मा रहेकाे आफ्नाे घर फर्किइन्। उनी अहिले साँझ दुई घण्टा गाउँका केटाकेटीलाई हार्माेनियम सिकाउने गर्छिन्। उनी पनि किबोड, हार्माेनियम र अक्टोप्याड जस्ता बाजामा पाेख्त छिन्। ‘घर नजिक छिमेकको घर भएकाले हार्माेनियम सिकाउन सहज भएको छ,‘ उनले भनिन्।

काठमाडाैंमा हुँदा उनी चावहिलमा भेटघाट दोहोरी साँझमा गीत गाउने गर्थिन। अहिलेको वर्तमान समयमा बच्चालाई कुनै न कुनै गतिविधिमा क्रियाशिल गर्न सके बच्चाको मानसिकता विकास हुने हुँदा सम्पुर्ण अविभावकलाई आफ्ना नानीबाबुलाई कुनै न कुनै गतिविधिमा समावेश गराउन उनी अनुरोध गर्छिन्।

आधुनिक विधा मन पराउने उनी दोहोरी साँझमा लोक दोहोरी र हिन्दी आधुनिक गीत गाउने मात्र नभएर बाद्यबादकको काम समेत गर्दै आइरहेकी थिइन। रत्नराज्य क्याम्पसमा म्युजिक विषय लिएर पढ्दै गरेकी अर्याल विभिन्न कभर गीत पनि गाएकी छिन्। 

यस्तै बाद्यबादक प्रेम लिम्बु पनि अहिले परिवारसहित काठमाडाैंको कालो पुलमा डेरा लिएर बसिरहेका छन्। हाम्रो प्रयास संस्थाका अधक्ष समेत रहेका लिम्बु समय कटाउन फेसबुक लाइभमा आउने गरेका छन्। उनी गीत गाएर अरुलाई मनोरञ्जन पनि दिइरहेका छन्। आँखा पाकेर दुई वर्षकाे उमेरमा दृष्टि गुमाएका उनी लकडाउन हुनुअघि भेटघाट दोहोरी साँझ र परी लक्षित नामक संस्थामा काम गर्थे।

यी कलाकारसँगै वरिष्ठ सङ्गीतकार रमेश सुवेदी पनि लकउन पश्चात सम्भव भएसम्म विद्यार्थीलाई फाेनबाट सङ्गीत सिकाइरहेको छन्। उनी भन्छन्, ‘किबोड पनि सम्भव भएसम्म सिकाइरहेको छु। केही साथीको सङ्गीत पनि गरिरहेको छु।’

उनी पनि जन्मजात दृष्टिविहिन हुन्। उनी ल्याब स्कुलका शिक्षक हुन्। उनी नर्सरीदेखि १० कक्षासम्मका विधार्थीलाई सङ्गीत अध्यापन गराउने गर्दछन्। उनी ११ वर्षीय छोरा र श्रीमतीका साथ काठमाडाैंकाे कालिमाटीमा बसाेबास गर्दै आइरहेका छन्।

२०६१ सालदेखि ल्याब स्कुलमा कार्यरत सुवेदी बच्चाको मानसिक अभिबृद्धि हुने हुँदा साना नानीलाई सिर्जनशील कुनै न कुनै गतिविधिमा संलग्न गराउन सबैलाई सुझाव दिन्छन्। माेरङमा जन्मिएका उनी कुशल लेखक र कम्पोजर पनि हुन्। 

प्रकाशित मिति: : 2020-04-25 17:05:34

प्रतिकृया दिनुहोस्