इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको रमजान मुस्लिम समुदायको लोकप्रिय पर्वका रमजाम शरिफ हाे।
हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो ।
इस्लामी परम्परा अनुसार एक महिनासम्मा इस्लाम धर्मालम्बीहरु दिनभर अन्न जलका साथै सम्पूर्ण खाने र पिउने कुराहरु त्यागी उपबास गर्दछन्त्र जसलाई रोजा भनिन्छ ।
रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० सम्म निराहार बस्नु हो । उनका अनुसार यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ ।
बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको हुन्छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ।
मंगलबारबाट सुरु पर्व अन्तर्गत रोजाको समयमा बिशेष प्रार्थना एबं धर्मग्रन्थ कुराआनको पाठ गर्नुका साथै अनुचित र अनैतिक काम कुराहरुबाट टाढा रहनु पर्ने मान्यता छ ।
मुसलमानहरुले यो महिनालाई आत्मशुद्धी र संयमको साथै बर्ष भरीको लागी व्यवहारिक तालीमको महिना ठान्दछन् । यस महिनाको अन्तपछी भोलिपल्ट मुसलमानहरुको प्रसिद्ध चाड ईदूल फित्र मनाईन्छ ।
सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।
‘सामाजिक दूरी तथा भौतिक दूरी कायम गर्नुहोस्। यो महामारी कुनै धर्म र जात विशेषलाई हुने नभएकाले रोगसँग मिलेर लड्नुपर्नेुपर्छ,’ उनले भने।