प्रधानमन्त्री ओलीको भविष्य!

सेतोपाटी

काठमाडौँ

अमित ढकाल

सार्वजनिक पदमा बसेकाहरूले कस्तो काम गर्न मिल्छ? कस्तो मिल्दैन?

यसमा एउटा 'रुल अफ थम्ब’ (नियम) छ — जुन कुरामा तिमीलाई गहिरो विश्वास छ, जुन कुरा तिमी सार्वजनिक रूपमा भन्न सक्छौ र बचाउ गर्न सक्छौ, त्यस्तो काम गर।

राजनीतिज्ञका लागि यो नियम झनै लागू हुन्छ। किनभने, सत्ता अर्को चुनाव नहुञ्जेलका लागि जनताको नासो हो। राजनीतिज्ञले जनताको प्रतिनिधिका रूपमा सत्ता सञ्चालन गर्ने हो। प्रतिनिधि भनेको शासक होइन, जनताप्रति उत्तरदायी सेवक हो।

कठिन समयमा यो नियम झनै कडाइका साथ पालना गर्नुपर्छ। किनभने, कठिन समयमा सबै जनताको साथ चाहिन्छ, उनीहरूको विश्वास चाहिन्छ।

प्रकाशित मिति: : 2020-04-24 21:08:02

प्रतिकृया दिनुहोस्