नेपाल भूकम्पीय हिसाबले निकै जोखिमपूर्ण मानिन्छ । यहाँ कम्तिमा हरेक ५० वर्षमा मध्यम खालको र १०० वर्षको बीचमा महाभूकम्प गएर ठूलो जनधनको क्षति भएको इतिहासमा उल्लेख छ ।
नेपालको गत एक शताब्दीभित्रै तीन वटा विनाशकारी भूकम्प गइसकेका छन् । जनधनका क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो ।
त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेष गरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टर स्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउनसक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ ।
इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं. १२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन् । त्यस यताका विनाशकारी भूकम्पको संक्षिप्त विवरण :
२०७२ साल बैशाख १२को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार । मध्यान्ह ११ः५६ बजे गएको ७.८ रेक्टर स्केलको भूकम्प गयो । यसमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो । यो नै हाम्रो जीवनकालको सबैभन्दा ठूलो भूकम्प हो । २२ हजार ३ सय ९ जना घाइते भएका छन् ।
गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको थियो यो भूकम्प । यसको भोलिपल्ट भदौ १३ गते अपरान्ह पनि ठूलो परकम्प गयो भने बैशाख २९ गते गएको अर्को ठूलो परकम्पले पनि थप जनधनको क्षति पु¥यायो । करिब एक वषभित्र यसका सयौँ परहम्पहरु गइरहे ।
बैशाख १२ को भूकम्पले गोरखाबाट सीधै पूर्वतर्फ विनाश लीला मच्चायो । पश्चिममा भने त्यति धेरै क्षति भएन । यो भूकमपमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरू पूर्ण क्षति पुग्यो । ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो ।
यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर दरबार, बुङमतीको रातो मच्छिन्द्रनाथ मन्दिर ध्वस्त भएका छन् । त्यसबाहेक पाटन र भक्तपुर दरबार क्षेत्रमा पनि ठूलो विनाश गरेको छ ।
२०६८ असोज १ को भूकम्प
२०६८ असोज १ गते नेपालको साँझ ६स्२५ बजे नेपालके ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६।९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा नेपाल र भारतका गरी १११ जनाको मृत्यु भयो । यसको क्षति नेपालको पूर्वी पहाडी ग्रामीण क्षेत्रमा बढी परेको थियो । क्षतिको एकीन विवरण नै संकलन गरिएन । २०० भन्दा बढी घाइते भएका थिए ।
२०४५ भदौ ५ को भूकम्प
भूकम्प वि.सं. २०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्लामा केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प ५.५ रेक्टर स्केल मापन गरिएको थियो ।
उक्त भूकम्पमा परी करीब साढे सात सय जनाले ज्यान गुमाएका थिए । छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो । सबैभन्दा बढी धरान शहर प्रभावित भएको थियो । राजधानी काठमाडौंसहित उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।
बझाङ केन्द्र भएको ०३७ सालको भूकम्प
२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब दुई हजार पाँच सय सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।
१९९० को भूकम्प
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो ।
उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो । त्यस भूकम्पमा काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
यस भूकम्पले क्षतिग्रस्त जनताका लागि राहत स्वरुप तत्कालीन प्रधानमन्त्री जुुद्धसमशेर राणाले विशेष घोषणा गरे । उक्त घोषणाले त्यसबेला जनतालाई ऋणस्वरुप प्रदान गरिएको रकम मिनाहा गरिएको थियो ।
१८९० को भूकम्प
त्यसको एक सय वर्षअघि वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः ठूलो परकम्प गयो ।
यसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो ।
काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई ढलायो ।
भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि।सं। १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आएको थियो ।
१७३७ देखिका विनाशकारी भूकम्प
नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ छ तर प्रामाणिक तिथिमिति छैन । वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो ।
वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसबाट के कति धनजनको क्षति पुग्यो, त्यसको पनि कुनै अभिलेख पाइँदैन । २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ ।
वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो ।
वि.सं. १८८० तिहारको यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्याएको थियो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।
१४६५ को भूकम्प
वि.सं. १४६५ मा गएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर लगायत अन्य दर्जनौं मन्दिर ढालेको थियो । जमीनमा ठूलठूला धाँजा फाटेका थिए । जसले गर्दा पानीका मुहानसमेत पुराना ठाउँमा सुक्ने र नयाँ स्थानमा पलाउने भए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान गयो । हजारौं घर भत्किएका थिए ।
१३१६ को भूकम्प
इतिहासको अर्को ठूलो भूकम्प थियो– वि.सं. १३१६ को । यो भूकम्पले पनि अत्यास लाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । यसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१२१८ को भूकम्प
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको मृत्यु भएको थियो ।
यो भूकम्पले तत्कालीन काठमाडौं उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभावित पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।