अमेरिकामा ग्रिन कार्ड सेवा ६० दिनका लागि रोकियाे

बिएल संवाददाता

न्युयोर्क-अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृतिको खोजी गर्नेहरुका लागि मात्रै हुने पनि ट्रम्पले बताएका छन् । उनका अनुसार दुई महिना अर्थत ६० दिनका लागि ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ ।

सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेर त्यसबारे लगत्तै केही जानकारी नदिएका ट्रम्पले मंगलबार त्यसलाई स्पष्ट पारेका हुन् ।

कोरोना भाइरसका कारण रोजगारी गुमाएका अमेरिकीलाई रोजगारीको अवसर प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको ट्रम्पले भनाइ छ। अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु नहुने उनले बताए। 

उनी मुलतः आप्रवासी विरोधी रहँदै आएका छन् । तर कोरोनाको महामारीका कारण यो मुद्दा केही ओझेलमा परेको थियो । फेरि उनले यसलाई अघि ल्याएका छन् । 

संयुक्त राज्य अमेरिकामा मंगलबार २,८०४ अमेरिकीको ज्यान कोरोनाले लिएको छ। यो संख्या अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकै दिन मर्नेको सबैभन्दा ठूलो संख्या हो।

यो साताको सुरूमा आइतबार १,५६१ को मृत्यु भएकोमा अब कोरोना प्भाव कम हुने रहेछ भनेर उत्साहित भएका अमेरिकी सोमबार १,९३९ को मृत्यु भएकोमा के हो के हो भन्ने अवस्थामा पुगेका थिए। तर, मंगलबारको मृत्यु संख्याले उनीहरूका नौनारी गलेका छन्।

आजको यो मृत्यु संख्यासँगै अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या ४५,३१८ पुगेको छ।

प्रकाशित मिति: : 2020-04-22 07:30:04

प्रतिकृया दिनुहोस्