हिँडेरै सचिवालय हलसम्म पुगे प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट हिँडेरै सचिवालय हलसम्म पुगेका छन् । 

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका क्रममा १२ दिन अस्पताल बसेर निवास फर्केका उनी निवासमै स्वास्थ्यलाभ गरिरहेको छन्।  अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई विभिन्न बैठकमा सहभागी गराए सक्रिय राखेका छन् ।

तर, चिकित्सकहरुले उनलाई पूर्ण आराम गर्न सुझाएका थिए । केही बेरअघि सुरु भएको मन्त्रिपरिषद बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली निवासबाटै हिँडेरै सचिवालय हलसम्म पुगेको उनको प्रेस सल्लाहकार सूर्य थापाले बताए।

‘मन्त्रिपरिषद बैठकमा निवासबाट हिंडेर सचिवालय हलसम्म जानुहुँदै प्रधानमन्त्रीज्यू,बालुवाटार,’ उनले फेसबुकमा लेखेका छन्।
 

प्रकाशित मिति: : 2020-04-20 15:36:38

प्रतिकृया दिनुहोस्