‘लकडाउन’पछि मान्छेबिनाका बौद्ध (फोटो फिचर)

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको ‘लकडाउन’को कारण मुलुकको जनजीवन ठप्प भएको छ। कोरोना भाइरसबाट जोगिन आम नागरिकले पनि लकडाउनको पूर्ण पालना गरेका छन् ।

मानिसहरु घर बाहिर ननिस्केपछि काठमाडौंका पर्यटकीय तथा धार्मिक क्षेत्र पनि सुनसान बनेका छन्। 

चावहिलस्थित चर्चित बौद्ध स्तुपमा लकडाउनको चपेटामा परेको छ। सधै जसो मान्छेको चहल पहलले भरिभाउ रहने बौद्ध स्तुपा अहिले सुनसान बनेको हो। 

बिहानदेखि नै कोरा हान्ने वा घुम्न आउनेको भिड लाग्ने उक्त बौद्धमा अहिले सन्नाटा नै छाएको छ। 

तस्बिर: इश्वरी राई

प्रकाशित मिति: : 2020-04-20 10:06:56

प्रतिकृया दिनुहोस्