लकडाउनमा बाटो र पुलमा बार : ज्यानै गुम्दा चाहिँ को जिम्मेवार?

पहिलोपोष्ट

काठमाडौँ

 सविन ढकाल

लकडाउन थपिँदै गएपछि धादिङ ज्वालामुखी गाउँपालिकाका होमबहादुर रानामगर चितवनबाट हिँडेर नै भए पनि गाँउ फर्किन तयार भए। घर जानुको विकल्प नपाएपछि उनले रोजे पैदल यात्रा। चितवनबाट घन्टौं लगाएर प्रहरीका चेकिङ र नाका छल्दै धादिङ पुगे। लकडाउनका कारण अव्यवस्थित भएको जीवन सहज बन्ने आशामा उनका पाइलाहरु झन् छिटो लम्बिएको थियो।

तर, घर नै नजिक आएपछि उनको अघि एउटा विशाल पर्खाल आइलाग्यो, उनको गतिमा नराम्ररी ब्रेक लाग्यो। गोरखा र धादिङ जोड्ने बाङकोटघाटमा पुल पुरै बन्द गरिएको रहेछ। घण्टौंको हिँडाइभन्दा त्यो पर्खाल उनको लागि कयौं गुणा असहज थियो, अमानवीय पनि। पुलमा लगाएको पर्खालकै कारण त्यति टाढाबाट आइपुगेका उनी फर्किने मुडमा थिएनन्। पुलको पर्खाल नै नाघेर जाने प्रयास गरे। त्यहीक्रममा उनी लडेर र प्राण त्यागे। कोरोनाको कहरमा अरु नै कारणले ज्यान गुमाउनेहरुको सूचीमा चढ्यो उनको नाम।

प्रकाशित मिति: : 2020-04-20 07:26:00

प्रतिकृया दिनुहोस्