डा. पुनले भने, ‘मलाई र मन्त्रीज्यूलाई जोडेर अनर्गल प्रचार नगरिदिनुस्’

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएका छन्।

सञ्चारमाध्यममा विभिन्न लेख छपाएको र प्रतिक्रिया दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई शुक्रबार पत्र पठाएपछि आइतबार उपस्थित भएको डा. पुनले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।

‘पछिल्ला दिनमा मसँग जोडिएर सार्वजनिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित प्रशारित समाचारमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, डा। पुनले भनेका छन्, ‘यस सम्बन्धमा आइतबार म कार्यरत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पत्र प्राप्त भएको छ। उक्त पत्रअनुसार मलाई कार्यरत अस्पतालको काममा बाधा नपर्ने गरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउने कामका लागि मन्त्रालयमा उपस्थित हुने भन्ने व्यहोरा रहेकोले आजकै मितिमा मन्त्रालयमा उपस्थित भई सम्बन्धित अधिकारीहरुसँग सम्पर्क गरिसकेको छु।’ 

डा. पुनले मन्त्रालयको पत्रलाई आफूले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिएको बताएका छन्। ‘यसलाई मैले आफ्नो वृत्ति जीवनको सामान्य प्रक्रियाका रुपमा लिई आफ्नो नियमित काममा क्रियाशिल रहिरहेको छु’, पुनले भनेका छन्, ‘अत यस सम्बन्धमा मा.मन्त्रीज्यू र मन्त्रालयसँग जोडी अनर्गल प्रचार नगरिदिनुहुन र विश्वव्यापी मेन्डेमीकका रुपमा फैलिएको कोभिड१९० को मारबाट मुलुकलाई बचाउन एकताबद्ध भइदिनुहुन सम्बद्ध सबैमा अनुरोध गर्दछु।’ 

तर उनले पढेर सुनएको प्रेस विज्ञप्तिमा भने त्रुटी रहेको छ। संचार माध्यमलाई पढेर सुनाएको विज्ञप्तिमा उनलाई मन्त्रालयले २०७७ साल बैशाख ६ गते पत्रमार्फत हाजिर हुन बोलाएकोे छ। यस्तै उनले पढेर सुनाएकाे पत्रमा उनको हस्ताक्षर मिति २०६७ साल बैशाख ७ गतेको उल्लेख गरिएकाे छ।

यसअघि उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल’ (प्राविधिक) कुरा मात्र मिडियामा गरेको बताएका थिए।

‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोनाका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो, मैले बुझेको छैन,’ डा. पुनले भनेका थिए।

उनले आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेपनि अचानक मन्त्रालयबाट पत्र आएकाे भन्दै संचार माध्यममा गुनासाे गरेका थिए।

यसरी पत्र पठाएकाे २४ घण्टैमा युटर्न भएका डाक्टर पुन र मन्त्रालयले नीतिगत त्रुटी गरेका हुन की? नियतिगत त्रुटी गरेका हुन भन्ने प्रश्न उब्जाउ हुन थालेकाे छ।

उनले शुक्रबार नै संचार माध्यमहरुसँग कुरा गर्दै आफूलाई सरकारले बिना कममा दु:ख िदन खाेजेकाे आराेप लगाएका थिए।

तल हेर्नुहोस् प्रेस विज्ञप्ति

प्रकाशित मिति: : 2020-04-19 17:49:48

प्रतिकृया दिनुहोस्