कोरोनाका कारण ज्यान गएमा एक करोड भारतीय रुपैयाँ राहत पाइने !

भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्।

कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरेका हुन्।

नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।’

मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिए।

उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गर्नुभएको छ । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ । 

शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उनले जानकारी दिए। अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए।

 

प्रकाशित मिति: : 2020-04-19 16:54:02

प्रतिकृया दिनुहोस्