स्पष्टिकरण दिन मन्त्रालय पुगे डाक्टर पुन

बिएल संवाददाता

काठमाडाै‌ं

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्पष्टिकरण दिन स्वास्थ्य मन्त्रालय पुगेका छन्।

सञ्चारमाध्यममा विभिन्न लेख छपाएको र प्रतिक्रिया दिएको भन्दै मन्त्रालयले स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई शुक्रबार पत्र पठाएको थियो ।  तर उनले आइतबारमात्र पत्र बुझेका छन्।

पछिल्लो समय अनावश्यक रूपमा मिडियामा बोलेको भन्दै पुनसँग मन्त्रालय रूष्ट छ।

उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल’ (प्राविधिक) कुरा मात्र मिडियामा गरेको बताए।

‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोनाका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो, मैले बुझेको छैन,’ डा. पुनले भने।

आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेको डा. पुन बताउँछन्।

 

प्रकाशित मिति: : 2020-04-19 14:55:17

प्रतिकृया दिनुहोस्