कोरोनाको महामारी चुनौतीसँगै अवसर पनि हो, निर्मूल पार्न भारतीय वैज्ञानिक परिचालन गराैँ: गान्धी

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले कोरोनाभाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएका छन् ।

‘कोरोनाभाइरसले धेरै चुनौतीहरु ल्याएको छ भने एउटा राम्रो अवसर पनि ल्याएको छ,’ उनले भने।

उनले अहिलेको सङ्कटलाई सही तरिकाले व्यवस्थापन गर्नका लागि सयौँ भारतीय बैज्ञानिक, इन्जिनियर र तथ्याङ्कविद्लाई परिचालन गर्नु पर्नेमा जोड दिएका छन्।  
 
सामाजिक सञ्जाल ट्वीटरमार्फत् कांग्रेस नेता गान्धीले विज्ञहरुबाट रचनात्मक र नौलो उपायहरु लिएर लागु गर्नु अत्यावश्यक भएको उल्लेख गरेका छन्।

भारतमा कोरोनाभाइरसका कारण शनिबारसम्ममा कुल १४ हजार ४२५ जना सङ्क्रमित भएका छन । त्यसैगरी कोरोनाभाइरसको सङ्क्रमणका कारण ४८८ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  

कुल सङ्क्रमित मध्ये दुई हजार ४५ जना सञ्चो भएर पूर्ववत अवस्थामा फर्किएको पनि मन्त्रालयको तथ्याङकमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2020-04-18 19:41:03

प्रतिकृया दिनुहोस्