म एक युवक

निर्मल खराल

म्यान्मार

अस्पताल छ औषधि छैन

कक्षा छ शिक्षक छैन

शिक्षितको आँगनमा

शिक्षाको भिक्षा माग्ने

अध्येता छैन

मुर्दाको क्रान्ति छ

कुकुर बस् शान्ति छ

शासन छ राशन छैन

आशन छ आहार छैन

सास थाक्छ, त्यसैले म गएँ।

 

घर छ मान्छे बस्ने थर छैन

रक्षक छ स्वतन्त्र बस्ने कोही छैन

एक मुर्दाघर छ जल्ने हजारौं छन्

काम छ र पनि वेरोजगार छन्

रिक्स छ, त्यसैले म गएँ।

 

उन्नतिको ठाउँमा अवनति छ

घरमा खति छ, अन्त उपति छ

सङ्कटकालिन कोरोना छ

मान्छेहरू खाडीमा मोरोना छ

संसार एवं सरकार आखिर

विवश छ, त्यसैले म गएँ।

 

असमानतामा

वन गाएको, छहरा नाचेको

विलासमा केवल निराश छ

हातमा मदिराको गिलास छ

कोहिली गाएको, ढुक्कुर नाचेको

वनचरीको अनुहारमा रहस्य छ

मेरो मनको कुनामा महत्व छ

भोजन एक छाक घरमा छ

अमेरिका धाक छ

तै पनि आज निराश छ

चुरोटको बाफ छ, रक्सीको रवाफ छ

सबै नाजवाफ छ, त्यसैले म गएँ।

 

हुनसक्ने भए

आकाशमा बादल भई रमाउँला

धर्तीमा हिमाल भई हसाउँला

अध्येतामै कसैको मन जिताउनु छ

कोरोनालाई भेल भई बगाउनु छ

अहिलेलाई जसोतसो सामना गर्नु छ

सबैको मनमा निर्मल मुस्कुराउनु छ

ल त साथी, म गएँ... म गएँ...।।

प्रकाशित मिति: : 2020-04-18 11:54:51

प्रतिकृया दिनुहोस्