राष्ट्रपति कार्यालयद्वारा सरकारलाई साढे ९ करोड फिर्ता

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति कार्यालयले आफ्नो बजेटबाट साढे ९ करोड सरकारको संघीय संचित कोषमा जम्मा गरेको छ ।

कोरोना भाइरसका कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षक अन्तरगत विनियोजित बजेटबाट यो रकम संचित कोषमा जम्मा गरेको राष्ट्रिय कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
 

प्रकाशित मिति: : 2020-04-17 17:19:43

प्रतिकृया दिनुहोस्