अप्रिय खबर सुनियो, सुधारको अपेक्षा राखौं: राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा ठूलो जोखिम मोलेर रातदिन खट्ने स्वास्थ्यकर्मीको सम्मान र हौसला बूलन्द राख्नुपर्ने बताएका छन्। स्वास्थ्यकर्मीमाथि प्रहरीबाट कुटपिट भएको घटनामा चिन्ता व्यक्त गर्दै राणाले यस्ता कमी कमजोरी दाहोरिन नहुने बताएका हुन्। ‘स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको अप्रिय खबर सुनियो। यस्ता घटना दोहोरिन नदिन सुधारको अपेक्षा राखौं। दिनरात जुध्ने स्वास्थ्यकर्मीको सम्मान गरौं, हौसला बूलन्द राखौं,’ अध्यक्ष राणाले ट्वीट गर्दै भनेका छन्। 

स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेको अप्रिय खबर सुनियो। यस्ता घटना दोहोरिन नदिन सुधारको अपेक्षा राखौं। महामारीमा अहोरात्र खट्ने प्रहरीको धैर्यता कसरी कायम राख्ने, मनन् गरौं। केही अभाव, कारण छन् भने सम्बोधन गरौं। दिनरात जुध्ने स्वास्थ्यकर्मीको सम्मान गरौं, हौसला बूलन्द राखौं।

— Pashupati Shumshere (@PashupatiShams) April 17, 2020

महामारीको संवेदनशील समयमा प्रहरी प्रशासनको भूमिका महत्वपूर्ण हुने भन्दै कहीँ कतै समस्या भए तिनको निराकरण गरिनुपर्ने उनकोे जोड छ।  ‘महामारीमा अहोरात्र खट्ने प्रहरीको धैर्यता कसरी कायम राख्ने, मनन् गरौं। केही अभाव, कारण छन् भने सम्बोधन गरौं,’ अध्यक्ष राणाको भनाई छ। 

राहत वितरणमा ठाउँ–ठाउँ झडप र असन्तुष्टी देखिएको छ।यो आफ्नो विरानो गर्ने, भोटको सौदाबाजी गर्ने बेला होइन।गुणस्तरहीन सामाग्री मात्र होइन,राहतको मात्रा पनि अपर्याप्त ठानिएको छ। सबै ठाउँ सामाजिक दूरी कायम भएको छैन। पूर्ण सावधानी अपनाउनु वेश ताकि राहत वितरण संक्रमणको माध्यम नबनोस् !

— Pashupati Shumshere (@PashupatiShams) April 17, 2020

राहत वितरणको क्रममा जनस्तरबाट व्यक्त गुनासोप्रति टिप्पणी गर्दै उनले सबै जनतालाई समान व्यवहार गर्नुपर्ने पनि बताएका छन्। संक्रमणको जोखिम ध्यानमा लिएर, राहत बाँड्ने बेला सम्पूर्ण स्वास्थ्य प्रोटोकल पालना गर्न स्थानीय तहको राणाले ध्यानाकर्षण गराएका छन्  । ‘राहत वितरणमा ठाउँ–ठाउँ झडप र असन्तुष्टी देखिएको छ। यो आफ्नो विरानो गर्ने, भोटको सौदाबाजी गर्ने बेला होइन,’  अध्यक्ष राणाले ट्वीटमा भनेका छन्,  ‘गुणस्तरहीन सामाग्री मात्र होइन, राहतको मात्रा पनि अपर्याप्त ठानिएको छ। सबै ठाउँ सामाजिक दूरी कायम भएको छैन। पूर्ण सावधानी अपनाउनु वेश ताकि राहत वितरण संक्रमणको माध्यम नबनोस्।’

प्रकाशित मिति: : 2020-04-17 13:36:03

प्रतिकृया दिनुहोस्