ढुंगो बोल्छ, गृहमन्त्री बोल्दैनन् !

अनलाइनखबर

काठमाडौँ

अरुण बराल

राष्ट्रिय विपदका बेलामा संसारभरिका जनताले आफ्नो देशको गृहमन्त्रालयलाई सम्झन्छन् । घरमा पनि यस्तै हो, विपतमा आमालाई, अभिभावकलाई सम्झिइन्छ । हाम्रा गृहमन्त्रीचाहिँ यो महामारीका बेला कानमा खोकनाको शुद्ध तोरी तेल हालेर पुल्चोकस्थित मन्त्रिनिवासमा घाम तापिरहेका छन् । नागरिकलाई जति गाह्रो–साह्रो परोस्, गृहमन्त्री सुन्दैनन्, सुनिँदैनन् ।

गृहमन्त्री रामबहादुर थापा बादल राजनीतिमा लागेदेखि नै लोकतान्त्रिक प्रक्रियाप्रति खासै रुची राख्ने नेता होइनन् । उनी जनतासँग सम्वादमा आउन चाहने नेता होइनन् । उनको राजनीतिक लाइन ‘लिन प्याओवाद’ हो ।

यही सिद्धान्तका कारण जस्तोसुकै विपदका बेलामा पनि बरु ढुंगो बोल्ला, गृहमन्त्री बोल्दैनन् । जनतामा उठेका प्रश्नको जवाफ दिइरहन उनी जरुरी ठान्दैनन् । राष्ट्रिय संकटमा समेत उनी ‘माथिको सेवा’ बाहेक न कसैसँग सल्लाह माग्छन्, न त आफ्नै विवेकले कुनै व्यवहारिक निर्णय लिने आँट नै गर्छन् ।

प्रकाशित मिति: : 2020-04-17 09:24:25

प्रतिकृया दिनुहोस्