लकडाउनका कारण सयौँ बिघामा उत्पादन गरिएकाे खरबुजा बगरमै कुहिन थाल्याे

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण मोरङका किसानहरु मर्कामा परेका छन्। लकडाउनका कारण रंगेलीका किसानहरुले लगाएको २२ सयौँ बिघामा उत्पादन गरेको खरबुजा बजारसम्म पुर्‍याउन नसक्दा खोलाकै बगरमा कुहिने अवस्था आएको छ।

featured_image

रंगेली नगरपालिका ४ स्थित बक्राह खोला र चिस्याङ खोलाको बगरमा २५ बर्षदेखि खरबुजा खेती गर्दे आएका  ४५ बर्षका किसान छितन मण्डलले लौका, फर्सी, काँक्रा, करेला, टमाटर समेत बालौटे माटोमा फलाउने गरेका छन्। तर नेपाल सरकारले पछिल्लोपटक लकडाउनको समय थप गरेसँगै किसानहरुले लगाएको तरकारीबाली र खरबुजा खेतमै कुहिने अवस्थामा पुगेको उनी बताउछन्।

‘मंसिर महिनादेखि जेठ महिनासम्मको २२ बिधाको ८० हजार रुपैयाँ बराबर भाडा तिरेर हामीले खेती गर्दे आइरहेका छौं’, उनी भन्छन्, ‘बजारमा बिक्रीवितरण गर्ने लैजाउ भने सरकारले दिउँसो १२ बजे देखि ४ बजेसम्मको समय तय गरेता पनि किसानहरुले बजारमा बिक्रीवितरण का लागि बजारसम्म पुर्याउन पाएका छैनन्।’

बजारमा पुगिहालेपनि खरिद गर्ने क्रेता नआउने गरेको किसान भुपेन्द्र मण्डलले बताए। ‘जब ४ बज्न थाल्छ फेरी प्रहरीले समय सकियो भन्दै बजारबाट खेदाउँछ,’ उनी भन्छन्,‘बिक्री नभएको लौका र काक्राेलगायतका सामाग्री गाईगोरुलाई खुवाउन बाध्य छौं।’

तीन जनाले संयुक्तरूपमा २२  बिघामा लगाएको खरबुजा यसबेला पाकेर बेच्ने समयमा भएता पनि यातायात सन्चालन नहुँदा र बजार बन्द हुँदा करिब रु १८  लाख बराबरको खरबुजा खेतमै  कुहिने अवस्थामा पुगेको शिव चरण मण्डलले बताए । 

‘खरबुजा खेती गर्न बैंकबाट छ लाख ऋण लिएको छु। अहिले बजारमा खरबुजा बिक्री गरेर बैंकको ऋण र ब्याज तिर्नपर्नेु भएपनि लकडाउनका कारण समस्या परेको छु,’उनी भन्छन्। 

उनी आफूहरुले उत्पादन गरेको खरबुजा लगायतका तरकारी बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गर्छन्।  

यस क्षेत्रमा उत्पादन भएको  खरबुजा स्थानीय बजारसहित बिराटनगर, कर्सिया, दोहमना, इटहरी, ईनरुवा घरान लगायतका स्थनाहरुमा लैजाने गर्छन्।  

यता ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले खरबुजा बिक्रीवितरणका  लागि आफूले किसानलाई सहयोग गरेर बिराटनगरसम्म लैजान वातावरण मिलाएबो बताए।

प्रकाशित मिति: : 2020-04-16 18:11:22

प्रतिकृया दिनुहोस्