धरान महानगरपालिका–२० पानवारीमा प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको छ।
बिहीबार बिहान साढे ७ बजेर १५ मिनेट जाँदा धरान–६ पानवारीमा परिचयपत्र देखाउदा पनि प्रहरीले विष्णुपादुका स्वास्थ्य चौकीका हेल्थ असिसटेन्ट चन्द्रप्रकाश खनाललाई कुटपिट तथा दुव्यर्ववहार गरेको उनले बताए।
‘म बिहान प्रेसरको बिरामी भेट्न जाँदै थिएँ। परिचयपत्र देखाउँदा यस्तो नक्कली कार्ड कतिले देखाउँछन्, पासको दुरुपयोग गर्छस्? भन्दै पाइपले प्रहार गरे,’ उनले भने।
उनको ढाडमा निलडाम बसेको छ।
यसका साथै अस्थायी प्रहरी चौकीका सई बि.बि. राउतले मोटरसाइकल समेत लिएको पीडितको भनाई छ।
घटनापछि सम्पुर्ण उपमहानगरपालिका अन्तरगतका सम्पुर्ण स्वास्थ्यकर्मीहरुले सुरक्षाको माग गर्दै उपमहानगरपालिकामा लिखित निवेदन पनि दिएका छन् ।
यस्तै धरान उपमहानगरपालिकामातहतको स्वाथ्यकर्मीहरुले स्वास्थ्य संस्था बन्द गरेका छन् ।