घरमा आमाबुवा बिरामी परे, तेह्रथुमबाट लहानसम्म पैदलै हिँडे उनीहरू (भिडिओ)

सिराहा लहानका गङ्बा सदा र रामजिवन सदा चार महिना अगाडि तेह्रथुमको एक विद्युत गृहमा काम गर्न पुगेका थिए।

लकडाउन भए पनि उनीहरूको काम रोकिएको थिएन। रोकिएको थियो त तलब। उनीहरूलाई लकडाउन खुलेपछि मात्र तलब आउने भनिएको थियो। त्यहीँ आशामा काम गर्दागर्दै घरबाट आमाबुवा बिरामी भएको खबर आयो। त्यसपछि दुबै जनाले घर फर्किनुपर्ने भयो। उमेरले २० पनि नकटेका उनीहरूले कसरी घर फर्किने भन्ने भेउ पाएनन्। त्यसपछि हिँडेरै जाने भनेर उनीहरू तेह्रथुमको म्याङलुङ बजारबाट लहानका लागि हिँडे।

प्रकाशित मिति: : 2020-04-16 13:50:44

प्रतिकृया दिनुहोस्