अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ ।
१ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिन लागिएको हो।
यससँगै नेपाली राजदूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट ६ महिनाका लागि नभई एक वर्षका लागि मान्य हुने अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले जनाएको छ।