राहत बाँड्न लहान नगरपालिकाको एक करोड ३० लाख बजेट : विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल

खाएर छाक टारेका सर्वसाधारणलाई पखाला : मेयर मुनी साह भन्छन्, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भनेका हुन्’

लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न सिराहाको लहान नगरपालिकाले एक करोड ३० लाख खर्च गरेको छ, तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ । गन्हाउने चामल पकाएर छाक टारेका कैयौँलाई पखाला लागेको छ । 

राहत वितरण गर्न नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो । एक हजार ६ सय क्विन्टल चामल किनेर नगरपालिका ल्याएपछि नयाँ प्याकिङ गरेर २०–२० किलोको पोका बनाइएको थियो । ‘यसरी बोरा फोरेर नयाँ प्याकिङ गर्दा कुहिएको चामल प्रस्टै देखिनुपर्ने हो, तर गरिब हुन्, जस्तो पनि खान्छन् भनेर लाइन लगाएर वितरण गरियो,’ स्थानीय नागरिक अगुवाले भने । 

प्रकाशित मिति: : 2020-04-15 07:30:50

प्रतिकृया दिनुहोस्