भारतमा वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइयाे

भारतमा १९ दिन लकडाउन थप गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण भारत विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि लकडाउन गरिएको हो।

म‌ंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बाेधन गर्दै मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन्। 

यसअघि प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन बढाउनु पर्ने सल्लाह दिएका थिए। 

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मंगलबार सकिनेछ। तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए। 

प्रधानमन्त्री मोदीले लकडाउन गर्ने ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको बताए। ‘अहिले अपनाइएको जुन कदम छ, त्यो नै हाम्रा लागि सही हो’ मोदीले भने । 

आर्थिक दृष्टिबाट हेर्दा लकडाउन यो निकै महंगो देखिए पनि भारतबासीको जीवनसँग तुलना यसलाई नसकिने मोदीले बताए । 

भारतले कोरोना संक्रमण बढ्नुभन्दा पहिले नै शतर्कता अपनाएको बताए। हालसम्म भारतमा करिब साँढे १० हजार कोरोना संक्रमित रहेको पुष्टि भएको छ भने । ३५० भन्दा धेरैको मृत्यु भएको छ। 

‘यो समय कुनै देशसँग तुलना गर्ने अवस्था होइन तर केही हप्ता पहिला भारतकै अवस्था रहेका मुलुकमा अहिले भारको तुलनामा कोरोना संक्रमण २५, ३० गुणा बढेको छ।' मोदीले भने । 

विश्वका शक्तिशाली मुलुकमा दिनहुँ हजारौंको मृत्यु भएको घटनाप्रति भारत सरकार सचेत रहेको र कसरी कमभन्दा कम क्षति मै सीमित गर्ने भन्नेमा सरकार लागेको मोदीले दाबी गरे। नागरिकहरुले लकडाउनको बढाउन सुझाव दिइरहेको भन्दै उनले सरकारको घोषणामा साथ दिएकोमा प्रशंसा गरे । 

 

प्रकाशित मिति: : 2020-04-14 10:36:13

प्रतिकृया दिनुहोस्