बेलायतमा तीन साता ‘लकडाउन’ थप्ने तयारी

बेलायतले चरम आर्थिक संकट हुने आशंकाका बीच ‘लकडाउन’ को अवधि थप तीन साता बढाउने तयारी गरेको छ। प्रमुख विज्ञान सल्लाहकार सर प्याट्रिक भालन्सले देश अहिले अफ्ठेरो अवस्थामा रहेको र कोरोनाको असर अझै दुई तीन साता रहने अनुमान गरेपछि बेलायत सरकारले तत्कालै ‘लकडाउन’ खोल्ने कुरालाई थाती राख्ने देखिन्छ। 

अन्तरिम प्रधानमन्त्री डोमिनिक राबले कोरोना भाइरसविरूद्ध अझै लडाईं गर्नुपर्ने भएको हुनाले तत्काल ‘लकडाउन’ नखोलिने संकेत गरेका छन्। ‘हामीले अझै लामो दूरी तय गर्नुपर्ने छ,’ उनले भनेका छन्। प्रधानमन्त्री बोरिस जोहन्सन कोरोनाको संक्रमणबाट लाभ लिइरहँदा टेन डाउलिङ स्ट्रिटको जिम्मेवारी राबले उठाइरहेका छन्। 

राबले यस विषयमा स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्ट्रुजेन र वेल्स तथा उत्तरी आयरल्यान्डका नेताहरूसँग कोब्रा बैठकको आयोजना गरेर बेलायतको पक्ष राख्ने छन्। 

‘लकडाउन’ थप्ने विषयमा केही मन्त्रीहरूले बेरोजगारी बढ्ने र देशले आर्थिक बोझ उठाउन नसक्ने तर्क राख्दै चिन्ता व्यक्त गरेका छन्। 

बेलायतमा आइतबार मात्र ७ सय १७ जनाले ज्यान गुमाएका छन्। हाल बेलायतमा ११ हजार बढीको निधन भइसकेको छ। 
 

प्रकाशित मिति: : 2020-04-14 07:20:01

प्रतिकृया दिनुहोस्