'खान नपाए त दुई-चार दिन बाँचिएला, डाइपर र युरिन ब्यागबिना कसरी बस्नू'

सेतोपाटी

काठमाडौँ

अनुषा अधिकारी

देवी आचार्यको जीवन अहिले सामान्य दिनझैं सहज छैन। लकडाउनपछि बदलिएको स्थितिले उनको दिनचर्यामा प्रभाव परेको छ।

यो परिस्थितिमा समस्या पर्ने उनी एक्ली होइनन्, तर उनको अवस्था हामीमध्ये धेरैको भन्दा जटिल छ।

स्पाइनल कर्ड इन्जुरी भएकी देवी ह्विल चेयरको सहायतामा हिँडडुल गर्छिन्। १७ वर्षअघि भएको जीप दुर्घटनापछि उनी यसरी नै आफूलाई सम्हालिरहेकी छन्।

शारीरिक रूपमा अशक्त हुनुलाई उनले कहिल्यै आफ्नो कमजोरी मानिनन्। दुर्घटना हुनुअघि उनले देखेको विदेश गएर काम गर्ने सपना त टुटेको थियो। त्यो सपना पूरा हुन पाएन, उनको जीवनले अर्कै मोड लियो।

प्रकाशित मिति: : 2020-04-13 17:07:04

प्रतिकृया दिनुहोस्