प्रधानमन्त्रीको अपील : भोलि बिहान ८ बजे राष्ट्रिय गान गाऔं, ताली बजाऔं

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन आग्रह गरेका छन्।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन र ताली बजान अनुरोध गरेका हुन्।

"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB

— K P Sharma Oli (@kpsharmaoli) April 12, 2020

सोमबार बिहान आठ बजे आआफ्नो घरको झ्याल ढोका वा कौसीबाट सबैले एकसाथ ताली बजाउन उनले आग्रह गरे। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन लागेकाे जानकारी दिएका छन्।

'ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु,'उनले भने।

प्रकाशित मिति: : 2020-04-12 18:45:37

प्रतिकृया दिनुहोस्