लकडाउन : कृषिउपज सहजरुपमा उपभोक्ता समक्ष पु-याउन संसदीय समितिको निर्देशन

सरकारलाई ‘लकडाउन’को समयमा सहजरुपमा कृषिउपजको उपभोक्ता समक्ष पु-याउने वातावरण बनाउन सङ्घीय संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको छ । 
    
 समितिका सदस्यको परामर्शमा सरकारले देशभर लागू गरेको बन्दाबन्दीको अवस्थामा कृषकको उत्पादन निर्वाधरुपमा उपभोक्ता समक्ष पुग्न समस्या भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिए।

'कोरोना भाइरसको सङ्क्रमण नेपालमा नफैलियोस् भनेर सरकार गम्भीर भएता पनि दूध उत्पादक किसानले बजारको समस्याका कारण उत्पादित दूध नष्ट गर्नुपर्ने अवस्था आएको छ', उनले भने, 'आपूर्तिका लागि सहज प्रबन्ध गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो।' 

समितिले सुरक्षित तरिकाले दूध सङ्कलन एवं बिक्री गर्ने प्रबन्ध तत्काल गर्नुपर्ने, दूधको उपभोक्ता विशेष परिस्थितिले गर्दा कम वा बजारसम्म बाहिर ननिस्किँदा दूध खपत नहुने अवस्था भएकामा उत्पादित दूध पाउडर बनाउने प्रयोजनका लागि उद्योगमा पठाउने व्यवस्था तत्काल गर्नसमेत सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराइएको छ। 

यस्तै कैलाली जिल्लाको टीकापुरमा केरा उत्पादक किसान तथा अन्य देशैभरका किसानलाई हालैका दिनमा परेका समस्याको स्मरण गर्दै समितिले कुखुरा, अण्डा, माछा, मासु, तरकारी, फलफूल उत्पादक किसानलाई देशभर लागू भएको बन्दाबन्दीबाट पुगेको क्षति अपुरणीय रहेको समितिको निष्कर्ष छ। 

किसानले उत्पादन गरेको कृषिजन्य पदार्थको पहुँच बजारसम्म हुन नसकेको र अर्कोतर्फ उक्त वस्तु उपभोक्ताले सहजरुपमा पाउन नसकेको अवस्था रहेको छ

 

प्रकाशित मिति: : 2020-04-11 19:36:17

प्रतिकृया दिनुहोस्