प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकारलाई मुटुमा समस्या आएपछि अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । उनलाई राति नै अस्पताल लगिएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले ट्वीट गर्दै ‘गेट वेल सुन राजन कमरेड’ लेखेपछि उनी बिरामी परेको सार्वजनिक भएको हो ।

‘उहाँको मुटुमा समस्या आएपछि अहिले गंगालाल भर्ना हुनुभएको छ, उहाँको मुटुको शल्यक्रियासमेत सफल भइसकेको छ’, रिमालले बिएल नेपाली सेवालाई भने, ‘अब खतरामुक्त हुनुहुन्छ ।  उहाँको एन्जियाेप्लास्टी गरिएकाे छ। उपचार सफल भइसकेको छ।’
 

प्रकाशित मिति: : 2020-04-11 09:08:40

प्रतिकृया दिनुहोस्