लिग सुचारु गरेर जोखिम लिनुभन्दा अझै केही समय पर्खनुस्: फिफा

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रोकिएका फुटबल लिग तथा प्रतिस्पर्धाहरु तत्काल पुनः सुरु नहुने बताएका छन्।

रोकिएका फुटबल खेलहरु चाँडै सुरु गर्नु गैरजिम्मेवार हुने फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बताएका छन्।

फिफा अध्यक्ष इन्फान्टिनोले भनेका छन्, ‘कुनै पनि खेल, प्रतिस्पर्धा, लिगका लागि एक व्यक्तिको जीवन पनि जोखिममा पार्नु कुनै हालतमा उपयुक्त हुँदैन ।’ जोखिम लिनु भन्दा अझै केही बेर पर्खनु उपयुक्त हुने उनले बताएका छन् ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले शुक्रबार फिफाका २११ एसोसिएट सदस्यहरुसँग कुरा गरेका छन्।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वका प्रायः सबै फुटबल गतिविधि रोकिएका छन्।

विश्वभरका घरेलु लिग तथा अन्तर्राष्ट्रिय खेलहरु पनि रोकिएका छन् । यो वर्ष हुने तय भएको युरोकप फुटबल त अर्को वर्षका लागि सरेको छ। यसतै कोपा अमेरिका फुटबल पनि एक वर्षका लागि पछि सरेको छ ।

बेलारुस, बुरुण्डी, निकारागुवा तथा ताजिकिस्तानमा मात्रै फुटबल गतिविधिहरु जारी छन्।
 

प्रकाशित मिति: : 2020-04-11 08:00:52

प्रतिकृया दिनुहोस्