अमेरिकामा तीन सातामा १ करोड ६८ लाखले जागिर गुमाए

बिएल संवाददाता

न्युयाेर्क

अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण तीन सातामा अमेरिकामा १ करोड ६८ लाख अमेरिकीले जागिर गुमाएका छन्।

अमेरिकी सरकारले यसै बिहीबार यसको जानकारी दिँदै ६६ लाख कामदारले बेरोजगारी भत्ताका लागि गत साता नै आवेदन दिएको जानकारी गराएको थियो।

विश्वको सबैभन्दा ठूलो आर्थिक हैसियत भएको अमेरिका सन् १९४८ पछि यस्तो अवस्था सिर्जना भएको हो। विज्ञहरुले अमेरिकामा फैलिएको कोरोनाको रफ्तारलाई हेर्दा बेरोजगारीको संख्या अझै बढ्न सक्ने बताएका छन्। अप्रिलसम्ममा अमरिकामा बेरोजगारीको प्रतिशत १५ सम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ। 
 

प्रकाशित मिति: : 2020-04-10 17:38:40

प्रतिकृया दिनुहोस्