प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध सहकार्यबारे मेदीसँग टेलिफोन संवाद 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्ने विषयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । 

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् दिएको जनकारी अनुसार, कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा दुबै नेता सहमत भएका छन् । 

‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं’, ओलीले भनेका छन्, ‘आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मैले धन्यवाद दिएँ ।’

प्रकाशित मिति: : 2020-04-10 13:40:47

प्रतिकृया दिनुहोस्