प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत चैत ७ गते जारी सम्वोधनमा भनिएको थियो, ‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’
प्रधानमन्त्रीले यसो भनिरहँदा काठमाडौंबाट जिल्लातिर फर्कनेहरुका लागि तीन दिनको छोटो समय बाँकी थियो । यो तीन दिनको वीचमा ठूलो संख्यामा मानिसहरु काठमाडौंबाट जिल्लातिर फर्किए ।