बसरुद्दीन अन्सारी सञ्चालक रहेको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मनपरी बढ्दै गएको छ । अन्सारीको सो मेडिकल कलेजले उपचार नगरेपछि एक किशोरको मृत्यु हुन पुगेको छ ।
निमोनिया आशंकामा उपचार गर्न आएका बारा महागढीमाई नगरपालिका–४ दैहार टोलका १७ वर्षीय निरञ्जन सहनीको बुधबार दिउँसो मृत्यु भएको हो ।