भारतमा लकडाउनको अवधि बढ्नसक्ने

एजेन्सी

मुम्बई

भारतमा जारी २१ दिने लकडाउनको अवधि बढ्नसक्ने प्रधानमन्त्री नरेन्द्र मोदीले संकेत दिएका छन्। पछिल्लो समय तिब्र रूपमा बढेको कोरोनाको प्रकोपछि मार्च २५ देखि २१ दिनसम्म भारत लकडाउन गरिएको छ।

लकडाउन अवधि सकिन अब मात्र ६ दिन बाँकी रहँदा मोदीले लकडाउन अप्रिल १४ मै हटाउने विषयमा आफूले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्ने बुधबार बताएका हुन्।

यससँगै भारतमा लकडाउनको अवधि बढ्नसक्ने अनुमान गरिएको छ।

भारत विश्वको दोस्रो ठूलो जनसंख्या भएको राष्ट्र हो। त्यहाँ हालसम्म ५ हजार भन्दम बढीमा कोरोनाको संक्रमण देखिएको छ। १६४ जनाको भने मृत्यु भइसकेको छ। भारतीय अखबर द हिन्दुका अनुसार बुधबार प्रधानमन्त्री मोदीले दुवै सदनका संसदीय नेताहरुसँग साढे ३ घण्टा कोरोना प्रकोप र लकडाउनको विषयमा छलफल गरेका छन्।

छलफलपछि मोदीले आफूले सबै राज्यका मुख्यमन्त्रीसँग छलफल गरेर लकडाउन अवधि लम्बाउने कि अन्त्य गर्ने विषयमा टुंगो लगाउने बताएका छन्।

मोदीले आगामी अप्रिल ११ मा विभिन्न राज्यका मुख्यमन्त्रीसँग भिडियो सम्मेलन गर्नेछन्। 

प्रकाशित मिति: : 2020-04-08 16:58:57

प्रतिकृया दिनुहोस्