नेकपा बैठकमा कोरोना रोकथामका लागि सरकारले चालेको कदमबारे प्रधानमन्त्रीको ‘बिफ्रिङ’

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका छन् ।

 प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ‘ब्रिफिङ’ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा नेताहरूबीच शारीरिक दुरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।

बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय भएको जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेताहरु सहभागी थिए ।  

मङ्गलबार बिहान ११ बजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बाेधन गर्दै भाइरसकाे सङ्क्रमण फैलिन नदिन सबै एकजुट हुनुपर्नेमा जाेड दिएका थिए । 

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरसबाट नेपालमा ९ जनामा सङ्क्रमण भएकाे पुष्टि भएकाे छ, जसमध्ये एक जना उपचारपछि निकाे भइसकेका छन् । 

प्रकाशित मिति: : 2020-04-08 07:02:02

प्रतिकृया दिनुहोस्