लकडाउन उल्लङ्घन गर्ने पाँच सय ५० भन्दा धेरैलाई प्रहरीले काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिएको छ।
मंगलबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट पाँच सय ३६, ललितपुरबाट १५ र भक्तपुरबाट आठ जना गरी पाँच सय ५९ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरुलाई अत्यावश्यक काम बाहेकका लागि हिँडेको पाइए केही बेर बाटोमै उभ्याउने र सम्झाइ बुझाइ गरेर छाड्ने गरिएको छ।
यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाएका चार सय १३ वटा गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ।