कोरोनासँग जुध्न चुक्दै सरकार

 बालकृष्ण अधिकारी 

विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै जान थालेको संकेत देखिएको छ। मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमित माघ ९ गते नै देखिएको थियो। भाइरसको संक्रमण चीनको वुहान हुँदै विश्वभरि महामारीको रुपलिन थालिसक्दासमेत सरकारले कुनै तयारी सुरु गरेन।

उल्टो जिम्मेवार मन्त्रीहरू नै नेपाल कोरोना–फ्री भन्दै प्रचारबाजीमा लागे। विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्चजोखिममा रहेको औंल्याएपछि मात्र सरकार झस्किन पुग्यो रसार्वजनिक कार्यक्रम स्थगित गर्दै सतर्कता अपनाउन सुरुग-यो। त्यति बेलासम्म युरोपेली मुलुकमा समेत संक्रमणले महामारीको रुपलिइसकेको थियो।

नेपाल सरकारले चैतको पहिलो सातामात्र संक्रमित देशबाट काठमाडौंका हवाई उडान कटौती गर्ने निर्णय ग-यो, त्यति बेलासम्म संक्रमित मुलुकमा रहेका धेरै नेपाली स्वदेश फर्किसकेका थिए। उनीहरुलाईस्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा राख्न सरकारले ध्यान पु¥याउन सकेन। जसले गर्दा संक्रमणको जोखिम बढ्यो। संक्रमितहरु नै देखिन थालेपछि १३ दिनअघि  नेपालका सबै अन्तर्राष्ट्रिय सीमा बन्दसहित सरकारले लकडाउन गरेको छ। तर लकडाउन प्रभावकारी बन्न सकेको छैन।

प्रकाशित मिति: : 2020-04-06 07:33:00

प्रतिकृया दिनुहोस्