बफादार कुकुर लकडाउनमा किन छन् आक्रामक?

पहिलोपोष्ट

काठमाडौँ

स्वेच्छा राउत

लकडाउन घोषणा भएको साँझ नेहा थापा केही नसोची मासु पसलतर्फ हान्निइन्। कुखुराको टाउको, खुट्टा, कलेजो किनिन्। सबै मिलाएर २५ किलो। फ्रिजमा राखेपछि ढुक्क भइन्। लकडाउनबीच पनि नियमित कुकुरहरुलाई खुवाउने काम छुट्ने भएन।

हरेक साँझ उस्तैगरी हातमा मासु र बिस्कुटका झोला बोकेर निस्किइन्। उसैगरी टोलभरी छाडिएका कुकुरले उनैलाई घेरे। खान दिइन्, अघाउन्जेल खाए। लकडाउन सुरु भएको दुई तीन दिनमा त टोलमा कुकुरको संख्या ह्वात्तै बढ्यो। अन्य ठाउँबाट भोकाएका कुकुरहरु खानाकै लागि झगडा गर्न अनि भुक्न थाले। साँझ पर्दै गएपछि डिल्लीबजारस्थित नेहाको घरबाहिर कुकुरहरुको लस्कर देखिन थाल्यो।

प्रकाशित मिति: : 2020-04-03 19:45:59

प्रतिकृया दिनुहोस्