अचेल उनीहरूका पात्रले पनि मास्क लगाउन थालेका छन्

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ 

आशा डंगोल र एरिना ताम्राकारलाई अचेल घर नै स्टुडियो भएको छ। यी दुई कलाकार दम्पती हुन्, चित्र बनाउँछन्। कोरोना आतंक फैलिँदै नेपालसम्म आउनेक्रममा उनीहरूमा एउटै डर थियो– चित्रै बनाउन नपाइने हो कि!

कुपन्डोलस्थित स्टुडियोमा एक महिनादेखि संयुक्त चित्र बनाइरहेका थिए। कोरोना त्रासले बजार सुनसान बन्दै जान थाल्यो। लकडाउनको दुई–चार दिनअघि मात्रै सल्लाह गरेर केही क्यानभास र रङ घर ल्याए। स्थिति बिग्रिएर बन्दै हुनसक्ने अनुमान गरेका थिए। भयो त्यही।

प्रकाशित मिति: : 2020-04-03 09:17:39

प्रतिकृया दिनुहोस्