इरानमा ६ वर्षीय बालिकाकाे काेराेनाबाट निधन

एजेन्सी

तेहरान

इरानको उत्तरी खोरासन प्रान्तमा ६ वर्षकी एक बालिकाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ। उनको निधन उत्तरी खोरासन मेडिकल साइन्स विश्वविद्यालयमा भएको थियो। 

अस्पतालका अनुसार यो प्रान्तमा कोरोनाका १ सय ८९ संक्रमणकारी देखिएका छन्, जसमा १९ जनाको निधन भइसकेको छ। ९९ जना भने उपचारपछि घर फर्किएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले हालसम्म निधन भएका औसत व्यक्तिमा सबैभन्दा बढी ६७ वर्षका छन्। 

यसअघि ३ वर्षकी बालिका, जसलाई लुकेमिया थियो, उनको पनि कोरोनाका कारण निधन भएको थियो। चिकित्सकका अनुसार पाको उमेरका मानिस, जसलाई पहिलेदेखि नै स्वास्थ्य सम्बन्धि विभिन्न समस्या छ, उनीहरुमा कोरोनाको प्रभाव अधिक देखिएको छ।

इरानको स्वास्थय विभागले पछिल्लो २४ घण्टामा १ सय २७ जनाको ज्यान गएको बताएको छ। हालसम्म इरानमा १८ सय १२ जनाको निधन भइसकेको छ भने २३ हजार ४९ जना अझैं संक्रमित छन्। १४ सय ११ नयाँ संक्रमित देखिएको पनि विभागले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-04-02 16:06:16

प्रतिकृया दिनुहोस्