पर्यटकको हेलिकप्टरबाट उद्धार

रासस

काठमाडौँ

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको आज अपराह्न उद्धार गरिएको छ। 

मकालु हिमाल पदयात्राका लागि सङ्खुवासभा आएका ती पर्यटकलाई कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए। 

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि विभिन्न देशका  पर्यटक सभापोखरी गाउँपालिकामै रोकिएका थिए। कैलाश एयरको हेलिकप्टरबाट अष्ट्रेलिया र क्यानडाका दुईदुई तथा  फ्रान्सका एक नागरिकलाई काठमाडौँ पठाइएको प्रहरी निरीक्षक राईले बताए।

प्रकाशित मिति: : 2020-04-01 18:13:04

प्रतिकृया दिनुहोस्