महामारीको अवस्थामा जीवन रक्षा गर्न आग्रह

रासस

काठमाडौँ

जवाफदेही निगरानी समितिले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवस्थामा विपन्न, दैनिक ज्यालादारी र शरणार्थीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

समितिका संयोजक चरण प्रसाईले आज जारी गरेको प्रेस विज्ञप्तिमा धादिङ जिल्लामा अन्जाजी छ हजार इँटाभट्टाका ज्यालादारीमा काम गर्ने मजदूर हाल कामविहीन भएर भोकमरीको सिकार हुनसक्ने हुँदा विशेष राहात कार्यक्रमका माध्यमबाट जीवनरक्षा गर्न आग्रह गरेको छ।

नेपालको सीमानाका भारतमा धार्चुलामा अलपत्र परेका नेपाली नागरीकको स्वदेश प्रवेश, स्वास्थ्य परीक्षण, उचित उपचार, काउन्सिलिङ, क्वारेन्टाईनमा रहेकालाई बस्नखान तथा तिनको अभिलेखको व्यवस्था तत्काल मिलाई तिनका मुलुकभित्र प्रवेश पाउने संवैधानिक अधिकारको रक्षा गर्न सरकारसमक्ष माग गरेको छ। 

प्रकाशित मिति: : 2020-03-31 21:28:55

प्रतिकृया दिनुहोस्