कोरोना संक्रमितसँगै जहाजमा आएका जुम्ली युवक ‘होम क्वारेन्टाइन’मा 

चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएका १५८ यात्रुको खोजी गर्ने क्रममा एक जना जुम्लाका रहेको पुष्टि भएको छ। 

उक्त विमानमा आएका दुई जनालाई कोरोना पुष्टि भएपछि सबैको खोजी कार्य तिब्र बनाइएको थियो। सोही विमनमा दिल्लीबाट चडेका एक जना युवा जुम्ला कनकासुन्दरीका ३ रहेको जानकारी पाएपछि प्रहरीले खोजी गरेर पत्ता लगाएको हो।

प्रहरी स्रोतको माथिल्लो निकायले दिएको निर्देशन अनुसार ती युवा कहाँ छन्, खोजेर जानकारी दिन आग्रह गरेपछि ‘होम क्वारेन्टाइन’मा बसेक जुम्लाका डिएसपी लालबहादुर धामीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-31 12:36:07

प्रतिकृया दिनुहोस्