इटालीमा कोरोना: २४ घण्टामा ८१२ जनाको मृत्यु, संक्रमित घट्दै

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको इटालीमा नयाँ संक्रमण केही कम भएको देखिएको छ। तर मृत्यु हुनेको संख्या भने कम हुन सकेको छैन।

इटालीमा पछिल्लो २४ घण्टामा ८१२ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ११ हजार ५९१ पुगेको छ। पछिल्लो २४ घण्टामा इटालीमा चार हजार ५० नयाँ संक्रमित थपिएका छन्। यो संख्या अघिल्ला दिनका तुलनामा केही कम हो।

इटालीमा कुल संक्रमितको संख्या एक लाख एक हजार ७३९ पुगेको छ। मार्च १७ यता इटालीमा सोमबार सबैभन्दा कम व्यक्तिमा नयाँ संक्रमण पुष्टि भएको हो।
 

प्रकाशित मिति: : 2020-03-31 08:02:01

प्रतिकृया दिनुहोस्