राजस्थानकाे एकै परिवारका आठ जनामा कोरोना संक्रमण

बिएल संवाददाता

नयाँदिल्ली

भारतको राजस्थानमा एकै परिवारका आठजना कोरोना भाइरसबाट संक्रमित भएका छन्। राजस्थानको अलवरमा आठजनामा कोरोनाको संक्रमण पाइएको हो ।

हालै फिलिपिन्सबाट फर्केका उक्त परिवारका एक व्यक्तिमा सुरुमा कोरोना भाइरसको संक्रमण देखिएको प्रदेश स्वास्थ्य विभागले जनाएको छ।

त्यसपछि उनको सम्पर्कमा रहेका परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ३२ जनाको मृत्यु भइसकेको छ । यता १२ सय ५१ जना संक्रमित रहेका छन्।
 

प्रकाशित मिति: : 2020-03-31 07:49:05

प्रतिकृया दिनुहोस्