लकडाउनले छेकेन नेपाल प्रवेश, कोरोना संक्रमणको जोखिम बढ्दो

जसरी पनि घर आइपुग्ने हुटहुटीले ‘लकडाउन’ छिचोलेर भारतबाट  नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। लुकेर नेपाल भित्रिने अनि क्वारेन्टाइन छल्नेहरुका कारण कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ। सातायता नेपाल र भारत दुवैतिर लकडाउनछ। तर लकडाउन मुख्यनाकामा मात्रै केन्द्रित बनेको छ। लामो र खुला सीमा भएका कारण जुनसुकै क्षेत्रबाट पनि सहजै नेपाल भित्रिनेका कारण संक्रमणको जोखिम उच्च भएको हो। लकडाउन छिचोलेर नेपाल आएपछि पारिवारिक सहमतिमा झुट बोल्दै धेरै अघि आएको बयान दिनेहरुले जोखिम बढाइरहेका छन्। ‘रानी नाकाबाट नेपाल प्रवेश रोकिएको छ’, विराटनगर–१५ का मोहम्मद फैयाजले भने, ‘तर, अरुतिरबाट आउने क्रम रोकिएको छैन।’ उनका अनुसार भारततिर जान भनेकसैले आँट गरेका छैनन्।

‘खेतैखेत, खोलानाला अनि दशगजा क्षेत्र पार गरेर नेपाल भित्रिनेको लर्को अझै जारी छ’, विराटनगर महानगरका प्रमुख भीम पराजुलीले नागरिकसँग भने ‘यो सबैभन्दा ठूलो टाउको दुखाइको विषय भएको छ।’ उनका अनुसार भारतबाट नेपालतिर हिँडेकालाई भारतीय सुरक्षाकर्मीले कुनै रोकतोक गर्दैनन्।

प्रकाशित मिति: : 2020-03-31 07:48:27

प्रतिकृया दिनुहोस्