यस्तो रह्यो लकडाउन सातौं दिन तस्बिर र भिडियोमा

सुरेन्द्र राना र लीलाराम खड्का

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको सातौं दिन शहर बजार सुनासान छ।

अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् भने सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन् । तर कतिपयले भने लकडाउनलाई गम्भीर रुपमा नलिएको पाइएको छ । जसका कारण सुरक्षाकर्मीहरुले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिनु परेको जनाएको छ ।

काठमाडौंदेखि भक्तपुसम्मका अधिकांश सडक सुनसान थिए। आक्कल झुक्कल केही व्यक्तिहरू घर बाहिर निस्किएका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने कामलाई तिव्र बनाइएको छ ।  कतिपय स्थानमा सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन् । लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

ऐन निर्माण भएको करिब ५७ वर्षपछि पहिलो पटक लागू भएको सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने सरकारी तयारी छ ।

प्रकाशित मिति: : 2020-03-30 21:51:08

प्रतिकृया दिनुहोस्