'खतराबाट बच्न घरबाहिर ननिस्कनू भनिएको छ, हाम्रो त ड्युटी नै बाहिर'

सेतोपाटी

काठमाडौँ

शोभा शर्मा

ट्राफिक प्रहरी जवान जुना श्रेष्ठलाई आइतबार बिहान ११ बजे थापाथली चोकमा भेट्दा उनी ड्युटीमा खटिएको तीन घन्टा भइसकेको थियो। उसो त सहर लक-डाउनले सुनसानै छ। सुनसान सडकमा बेलाबेला लक-डाउन तोड्दै केही गाडी र मोटरसाइकल हुइँकिएर आइपुग्छन्। मान्छे फाट्टफुट्ट बाहिर निस्कन्छन्। तिनलाई केरकार गर्न जुनाजस्ता थुप्रै प्रहरी रित्तो सडकमा एक्लै खटिएका छन्।

जुनाले सेतो मास्क र कपडाको पञ्जा लगाएकी थिइन्। मैले कुराकानी गर्न खोज्दा उनले भनिन्, 'मास्क लगाएरै बोल्नुहोला।' हामीले शारीरिक दुरी पनि कायम राख्यौं। झन्डै एक मिटर दुरीबाट मास्कभित्रै उनका ओठ चल्न थाले, 'यस्तो सहर त पहिलोपटक देखियो।'

प्रकाशित मिति: : 2020-03-30 16:53:39

प्रतिकृया दिनुहोस्